धनगढी, २९ भदौ/कैलाली डान्सिङ स्टार २०८३ का फाइनलिस्ट तथा एक्सिस विद्याश्रमका विद्यार्थी प्रशान्त जोशीले प्रतियोगिताबाट प्राप्त हुने सम्पूर्ण पुरस्कार तथा जितको रकम बाढीपीडित र अनाथ बालबालिकाको सहयोगमा प्रदान गर्ने घोषणा गरेका छन्।
नृत्य प्रतिभाका कारण ग्रान्ड फिनालेसम्मको यात्रा तय गरेका जोशीले उपाधि जितेपछि प्राप्त हुने रकम व्यक्तिगत प्रयोजनमा खर्च नगरी सामाजिक सेवामा लगाउने बताएका हुन्।
बाढीबाट प्रभावित परिवार तथा अभिभावकविहीन बालबालिकाको पीडालाई ध्यानमा राख्दै आफूले यस्तो निर्णय गरेको जोशीले बताएका छन्। उनका अनुसार प्रतियोगिताबाट प्राप्त उपलब्धिलाई समाजका विपन्न र पीडित वर्गको हितमा प्रयोग गर्ने उनको उद्देश्य छ।
‘जित केवल आफ्नो लागि होइन, अरूको जीवनमा पनि खुसी ल्याउन सक्नुपर्छ’ भन्ने भावनाका साथ जोशीले सहयोगको घोषणा गरेका हुन्।

हाल कैलाली डान्सिङ स्टार २०८३ को ग्रान्ड फिनालेमा उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका जोशीले आफ्नो पक्षमा मतदान गर्न पनि आग्रह गरेका छन्।
जोशीलाई ई–सेवाको ‘भोटिङ एन्ड इभेन्ट्स’मा गएर ‘कैलाली डान्सिङ स्टार २०८३’ छनोट गरी भोटिङ कोड ११२ मा भोट गर्न सकिने जनाइएको छ।
उनको प्रतिभासँगै सामाजिक सेवाको प्रतिबद्धतालाई साथ दिन आयोजक तथा समर्थकहरूले प्रशान्तलाई मतदान गर्न आग्रह गरेका छन्।



