धनगढी, २० भदौ/लियो क्लब अफ धनगढी शिवपुरीले ‘२३औँ जेन–जी स्मृति तथा च्यारिटी कार्यक्रम’ आयोजना गर्ने भएको छ।
लायन्स इन्टरनेसनल मल्टिपल डिस्ट्रिक्ट ३२५ अन्तर्गत लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ एन, नेपालको सहकार्यमा आयोजना हुने कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थीबीच ‘जेन–जी आन्दोलन/प्रोटेस्ट’ विषयमा नाटक प्रतियोगिता आयोजना गरिनेछ। त्यससँगै सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने आयोजकले धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत जनाएको छ।

कार्यक्रममा सामाजिक सेवा तथा च्यारिटीसँग सम्बन्धित गतिविधिसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुन ५० रुपैयाँ शुल्क निर्धारण गरिएको र प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने इभेन्ट कोर्डिनेटर समीक्षा रोकायाले बताइन्।
लियो क्लब अफ धनगढी शिवपुरीका कोषाध्यक्ष सम्राट भट्टले युवाको सहभागिता र सामाजिक सेवामार्फत समुदायमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए।
युवाको सिर्जनशीलता, सामाजिक चेतना र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ। युवाको सिर्जनशीलता, सामाजिक चेतना र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा सहभागीबाट उठेको रकम रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिने आयोजकले जनाएको छ।



