काठमाडौँ/सरकारले राष्ट्रिय अनुसन्धान विभाग लाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ पारित गर्दै विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने निर्णय गरेको हो ।
राजपत्रमा प्रकाशित प्रधानमन्त्री कार्यालयका ४८ कार्यक्षेत्रमध्ये गुप्तचर विभागलाई २८औँ नम्बरमा समावेश गरिएको छ ।
यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारले विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत राखेको थियो ।
२०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको निर्णय पनि विवादमा परेको थियो ।



