धनगढी, ३० जेष्ठ/सुदूरपश्चिम प्रदेशको केही स्थानमा जेष्ठ ३१ गते र असार १ गते राति भारीदेखि धेरै भारी वर्षा हुने जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना अनुसार जेष्ठ ३१ र असार १ गते राति सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने जनाएको हो ।



