धनगढी, ३० जेष्ठ/नेपाल रेडक्रस सोसाईटी धनगढी ५ नम्बर उपशाखाको सभापतिमा दिनेश पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । आज सम्पन्न उपशाखाको २० औं अधिवेशनबाट पाण्डेय सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
महिला उप–सभापतिमा लिला कुमारी भट्ट, सचिवमा सुरेश प्रसाद जोशी, कोषाध्यक्षमा शुभाष चन्द्र भण्डारी, उप–सचिवमा विजयनन्द साउँद र उप–कोषाध्यक्षमा दिनेशचन्द्र जोशी निर्वाचित भए । यस्तै, सदस्यमा कालीदास जोशी, हेमराज जोशी, दीपक प्रसाद उपाध्याय र नरेन्द्र शाह तथा महिला सदस्यमा ललिता कुमारी भट्ट निर्वाचित भए । माधव भट्टको अध्यक्षतामा भएको साधारसभाको उद्घाटन समारोहको प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी कैलाली शाखा सभापति लोकराज जोशी रहेका थिए । रेडक्रस कैलाली कोषाध्यक्ष गोविन्द राज जोशी विशिष्ट अतिथी रहेको उद्घाटन समारोहमा सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरका संस्थापक अध्यक्ष मदनराज पाण्डेय र वडा नम्बर ५ का सदस्य दत्तुराम पाण्डेयको उपस्थिती रहेको थियो ।



