धनगढी, २५ चैत/कैलालीको गोदावरी नगरपालिका अन्तर्गत खैराना नदीमा अवैध रुपमा उत्खनन गर्नै डोजर र टिप्पर नियन्त्रणमा लिइएको छ । आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल सहितको टोलीले खोलामा अवैध उत्खनन गरिरहेका दुई डोजर र एक टिप्पर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका डोजर र टिप्पर इलाका प्रहरी कार्यालय मालाखेतीको जिम्मा लगाइएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले डोजर र टिप्परलाई कारबाहीका लागि नगरपालिकालाई पत्राचार गरिएको बताए । उनले कारबाही गरिएपछि सवारी साधन छोडिने बताए । अवैध उत्खनन गर्ने डोजरलाई ५० हजार र टिप्परलाई ३० हजार जरिवाना गर्ने प्रावधान रहेको छ ।



