माया मेट्रो हस्पिटलले सुनकुडाका विद्यार्थीलाई उपचारमा छुट

भर्खरै

धनगढी, २५ चैत/माया मेट्रो हस्पिटलले सुनकुडा क्याम्पसका विद्यार्थीहरुलाई उपचारमा छुट दिने भएको छ । धनगढी उपमहानगरपालिका–३, चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले बझाङ को सुनकुडा क्याम्पसका विद्यार्थीहरुलाई उपचारमा १५ प्रतिशत छुट दिने भएको हो ।
हस्पिटलका निर्देशक डा. मोहन साउँद र क्याम्पसका स्ववियु सभापति कपिल बिष्टबिच विद्यार्थीहरुलाई उपचारमा छुट दिने सम्झौतामा हस्ताक्षर गरेका छन् ।