४ दिने उद्यमशीलता विकास तालिम समापन

भर्खरै

धनगढी, १३ चैत/धनगढीमा आयोजित चार दिने उद्यमशीलता विकास तालिम समापन भएको छ । कैलाली उद्योग वाणिज्य संघ धनगढीको सह–आयोजना र लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौंको आयोजनामा चैत १० गतेदेखि तालिम सुरु भएको थियो । तालिमको समापनमा कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेश पाण्डेले तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । तालिममा ३६ जनाको सहभागिता रहेको थियो ।