कैलालीका प्रजिअ हमालले मनाएर मानव सेवा आश्रमामा जन्मदिन

भर्खरै

धनगढी, १३ चैत/कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले आफ्नो जन्मदिन असहायलाई भोजन खुवाएर मनाएका छन् । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले धनगढीस्थित मानव सेवा आश्रममा रहेका बेसहारालाई भोजन खुवाएर जन्मदिन मनाएका हुन् । चैत १२ गते प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको जन्मदिन परेको थियो । ‘जन्मदिनमा फजुल खर्च गर्नुभन्दा असहायलाई सहयोग गरेर मनाउँनुपर्छ । यस्ता कार्यले सकारात्मक सन्देश दिन्छ’ प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भने, ‘सबैलाई आफ्नो शुभकार्य असहायलाई सहयोग गरेर मनाए मानव सेवा आश्रम जस्ता अभियन्तालाई सहयोग पुग्छ ।’
असहायलाई खाना खुवाउनु र संग बसेर खाना खादाको आनन्द छुट्टै आएको उनले बताए । उनले आमश्रमलाई खाद्यान्न, तरकारी लगायत अन्य सामाग्री प्रदान गरेका थिए ।