धनगढी, १२ चैत/कैलालीमा पनि ध्वनी प्रदूषण गर्ने मोटरसाइकलका साइलेन्सर झिक्ने कामको सुरुवात गरिएको छ । जिल्ला ट्राफिक कार्यालय कैलालीले आज मोहना–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका–३, चटकपुरमा नियमित चेकिङमा खटिएका ट्राफिक प्रहरीले ध्वनी प्रदूषण गर्ने बुलेट मोटरसाइकल नियन्त्रणमा लिएको छ । यस्तै, आफूखुसी मापदण्ड विपरित सिट जडान गरिएका हाईस र बिङ्गरका थप जडान गरिएका सिट झिकेको छ ।



