धनगढीमा लेवलिङ, प्याकेजिङ तथा बजारीकरण तालिम सुरु

भर्खरै

धनगढी, १२ चैत/धनगढीमा लेवलिङ, प्याकेजिङ तथा बजारीकरण तालिम सुरु भएको छ । तीन दिनसम्म चल्ने तालिमको कैलाली उद्योग वाणिज्य संघका सचिव सुरेश पाण्डेले उद्घाटन गर्नुभयो । कैलाली उद्योग वाणिज्य संघ धनगढीको सह–आयोजना तथा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौंको आयोजनामा भइरहेको तालिममा डेरी लगायतका व्यवसायमा संलग्नहरुको सहभागिता रहेको छ । तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधान र अनिता श्रेष्ठले सहजीकरण गरिरहनुभएको छ ।