चन्द्रागिरिमा दिनदहाडै झण्डै १८ लाख बराबरको धनमाल चोरी

भर्खरै

काठमाडौँ, ११ चैत/काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा आइतबार दिउँसो चोरी भएको छ । टयार्चाटोल बस्ने तेजनारायण गैरेको घरमा सो चोरी भएको हो । चोरले नगद १ लाख रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार ८ सय रुपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ