फेरी भारी वर्षाको सम्भावना

भर्खरै

काठमाडौं, असोज १५ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार मौसमको नयाँ प्रणाली बनिरहेकाले पुुनः भारी वर्षाको सम्भावना बनेको छ ।

बुधबारदेखि कोशी र बागमती प्रदेशमा फेरि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार कोशी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बुधबार राति पनि कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।