कैलाली/सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी, डोटीमा कार्यरत प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान मेघराज सिंह महताको उपचारका क्रममा निधन भएपछि राहत स्वरूप संकलित रकम उनका परिवारलाई हस्तान्तरण गरिएको छ।
बझाङको तलकोट गाउँपालिका–१ घर भएका महता प्रशिक्षणका क्रममा गत वैशाख २२ गते बेहोस भएर ढलेपछि उपचारका लागि धनगढीस्थित अस्पताल लगिएको थियो। पछि थप उपचारका लागि नेपालगञ्ज हुँदै काठमाडौंसम्म लगिए पनि उपचारकै क्रममा वैशाख २१ गते बिहान निधन भएको सशस्त्र प्रहरीले जनाएको छ।
उनको निधनपछि सशस्त्र प्रहरी कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको ४ लाख ७८ हजार ७ सय ४० रुपैयाँ राहत रकम मृतकका बुवा धन सिंह महतालाई हस्तान्तरण गरिएको हो।
सशस्त्र प्रहरी बल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया अन्तर्गत आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको जनाइएको छ।



