काठमाडौँ /नेपाल जित कुन–डो मार्सल आर्ट संघ भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘इन्डो–नेपाल एसडीटी स्ट्रिट डिफेन्स टुर्नामेन्ट २०२६’ मा सहभागी हुने भएको छ।
भारतको मुम्बईमा मे २२, २३ र २४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा समेत गरिएको छ।
टोलीको नेतृत्व अन्तर्राष्ट्रिय प्रशिक्षक शिवबहादुर थापाले गर्नेछन्। रेफ्रीको जिम्मेवारी दिपेन्द्र श्रेष्ठ, नवराज दनुवार र कुमार बस्नेतले सम्हाल्नेछन्। टोली व्यवस्थापकका रूपमा टोखा नगरपालिका खेलकुद विकास समिति का सदस्य सविन श्रेष्ठ रहनेछन्।
पुरुष खेलाडीमा विजय थापा, अमित थापा, सलिल थापा, शुसान्त चौधरी, विवेक थापा, आयुष श्रेष्ठ, सञ्जीव माझी, पितम्बर मगर र राजेन्द्र थापा रहेका छन्। महिला खेलाडीमा निजला मगर, जमुना बिके, सारिका नेपाली, फुलग्याल्मो तामाङ र निलम कोइराला छनोट भएका छन्। टोलीको स्वास्थ्य सेवाका लागि डा. सृजना खड्का (नर्स) रहनेछिन्।
भारतीय आयोजक सिफु एम.आर. सल्मानीले नेपाली टोलीको सहभागिताले नेपाल–भारतबीचको मैत्री सम्बन्ध तथा सांस्कृतिक आदानप्रदानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।



