धनगढी–५ कांग्रेस सभापतिमा केशव ओझा निर्विरोध

भर्खरै

धनगढी, ३ असोज/नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका–५ को वडा सभापतिमा केशव ओझा निर्विरोध निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न वडा अधिवेशनबाट ओझा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृत पदमबहादुर खड्काका अनुसार उपसभापतिमा रामचन्द्र भट्ट र अमृता जोशी, सचिवमा माधवप्रसाद पौडेल तथा सहसचिवमा तपराज भट्ट निर्विरोध निर्वाचित भएका छन्। वडा सदस्यमा केशवराज भट्ट र महेश्वरा भट्ट चयन भएका छन्।
प्रत्यक्ष निर्वाचित महिलातर्फ लिला कुमारी भट्ट, यमुना कुमारी पाण्डे, निता कुमारी खत्री, राधा भण्डारी, विजयालक्ष्मी जोशी, कुन्ती जोशी, देवकी चटौत, लक्ष्मी रिजाल केसी, सुशिला मिश्र भट्ट, निपा चोखाल र भजन कुमारी जैसी ढुंगाना निर्विरोध निर्वाचित भएका छन्।
खुलातर्फ तेज बम, दिनेशबहादुर सिंह, निलमराज जोशी, अम्मरराज जोशी, जयदेव भट्ट, सुनिलकुमार भण्डारी, भूमिराज जोशी, दिनेश चटौत, रोमप्रकाश मिश्र, प्रेमबहादुर शाह, यादव मिश्र, टंकप्रसाद जोशी, सीताराम ओझा, केशवराज जोशी, लोकराज भट्ट, रोशन भट्ट, सन्तोष कुँवर, प्रकाश जोशी, पूर्णानन्द जोशी र सम्ब्जुराज ओझा निर्विरोध निर्वाचित भएका छन्।


प्रजातन्त्र सेनानी/सहिद परिवार/द्वन्द्व प्रभावित क्षेत्रीय प्रतिनिधि समावेशीतर्फ नारायण सत्याल र जयप्रकाश मिश्र निर्विरोध निर्वाचित हुँदा श्रमिकतर्फ खेमराज दाहाल निर्वाचित भएका छन्।
समानुपातिकतर्फ दलितबाट माया ताम्राकार, आदिवासी जनजातिबाट बब्लु कुमार चौधरी, खस आर्यतर्फ केशवराज मिश्र, रविनकान्त पन्त, माधव भट्ट, टेकराज ओझा, जयराज जोशी, लवप्रसाद जोशी, लक्ष्मण भट्ट, रविन्द्र स्वाँर र मदनबहादुर बम निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, थारुतर्फ भागीराम चौधरी, भीमबहादुर चौधरी, फुलबटु चौधरी, नोहारीदेवी चौधरी र निता चौधरी निर्विरोध निर्वाचित भएका छन्।
पेशागत विषय विज्ञतर्फ डा. प्रदीप मिश्र, युवा महिलातर्फ राधिका जोशी र अपांगतातर्फ गोविन्दकुमार मल्ल निर्विरोध निर्वाचित भएका छन्। युवा खुलातर्फ आदर्श मल्ल, बिनय चोखाल, महेश जोशी, गायत्री ओझा, बिनोद देउवा र निराजन जोशी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए।