धनगढी/आज देशभर सामान्यतया बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
देशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
यस्तै, राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
पछिल्लो २४ घण्टामा पनि देशका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो । महाशाखाका अनुसार संखुवासभा र भक्तपुरमा धेरै भारी वर्षा भएको छ ।



