धनगढी, ४ माघ/नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका उम्मेदवारको टुङ्गो लगाएको छ । टाढा भएकोले पहिला सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवार टुङ्गो लगाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । कालिकोट र मुगुमा भने उम्मेदवार टुङ्गिन अझै बाँकी छ । अन्य प्रदेशका उम्मेदवारको पनि आज टुङ्गो लाग्ने पार्टीले जनाएको छ ।
सुदूरपश्चिम
कैलाली १– रामलाल थारु डगौरा
कैलाली २ – राजेन्द्र साउद
कैलाली ३ – वीरमान चौधरी
कैलाली ४ – हरिराम चौधरी उत्सव
कैलाली ५ – प्रेमबहादुर आले
अछाम १ – डा.भीम रावल
अछाम २ – शरदसिंह भण्डारी
कञ्चनपुर १– विना मगर
कञ्चनपुर २ – लालबहादुर खड्का
कञ्चनपुर ३ – मानबहादुर सुनार
डडेलधुरा १ – मानसिंह माल
दार्चुला १ – लक्ष्मणदत्त जोशी
बझाङ १ – मीनबहादुर कुँवर
बैतडी १ – परमानन्द भट्ट
डोटी १ – त्रिलोचन भट्ट
बाजुरा १ – प्रकाशबहादुर शाह



