धनगढी, ५ माघ/विज्ञान, प्रविधि तथा व्यवस्थापन क्षेत्रका उदीयमान अभ्यासलाई केन्द्रमा राख्दै धनगढीमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
ऐश्वर्या बहुमुखी क्याम्पसअन्तर्गतको अनुसन्धान व्यवस्थापन कक्षको आयोजनामा सम्मेलन माघ ५ र ६ गते सञ्चालन हुने जनाइएको छ ।
सम्मेलनमा देशभरका शिक्षक, प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा विषयविज्ञहरूको सहभागिता रहने आरएमसी संयोजक डा. रघुविर भट्टले बताउनुभयो । सम्मेलनका क्रममा विज्ञान, प्रविधि र व्यवस्थापनसँग सम्बन्धित समसामयिक विषयमा कार्यपत्र प्रस्तुति, छलफल तथा अनुभव आदान–प्रदान गरिने उहाँले बताउनुभयो ।
क्याम्पस प्रमुख नरेश पन्तका अनुसार सम्मेलनले अनुसन्धान संस्कृतिको प्रवद्र्धन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा ज्ञानको विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
पूर्व क्याप्स प्रमुख धर्मदेव भट्टले सम्मेलनले अनुसन्धान संस्कृतिको विकास र देशभरका विद्धानले गरेका अनुसन्धानबारे अनुभवा आदानप्रदान हुने बताउनुभयो । सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोग प्राप्त रहेको छ ।



