धनगढी, ४ माघ/नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उम्मेदवारको नाम टुंगो लगाएको छ। पार्टी सचिवालय बैठकले उम्मेदवारको अन्तिम सूची स्वीकृत गरेको हो। कैलाली क्षेत्र नम्बर ५ बाट यज्ञराज ढुङ्गाना उम्मेदवार बन्ने भएका छन्। त्यस्तै, क्षेत्र नम्बर ४ मा लेखराज भट्ट, ३ मा गौरीशंकर चौधरी, २ मा सूर्यबहादुर थापा र क्षेत्र नम्बर १ मा द्वारिका न्यौपाने चुनावी मैदानमा उत्रनेछन्। कञ्चनपुरमा क्षेत्र नम्बर १ बाट कमला बोहरा, २ बाट वचनबहादुर सिंह र ३ बाट दीपक भट्ट उम्मेदवार बनेका छन्। अछामबाट झपटबहादुर बोहरा र यज्ञ बोगटी, बाजुराबाट लालबहादुर थापा, डोटीबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही, बझाङबाट अफिलाल ओखेडा, बैतडीबाट दामोदर भण्डारी तथा दार्चुलाबाट गणेशसिंह ठगुन्ना उम्मेदवार चयन भएका छन्।



