धनगढी, १५ मंसिर/हाम्रो धनगढी, सफा धनगढी अभियान अन्तर्गत धनगढी उपमहानगरपालिकाले बिभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रम अन्तर्गत फोहोर जन्य पदार्थ जलाइएको पाइएमा दण्ड जरिवाना समेत तिराउँदै आएको छ । तर, धनगढीस्थित भूमि सुधार तथा मालपोत कार्यालय परिसरमा थुप्रिएको फोहोर जन्य पदार्थ जलाइएको पाइएको छ । कार्यालय परिसरमा जताततै फोहोर फालिएको समाचार बाहिरीएपछि फोहोरजन्य पदार्थ जलाइएको पाइएको हो ।
गुट्खाका खाली प्याकेट, चुरोटका प्याकेट, प्लास्टिकजन्य फोहर, पानीको खाली बोतल तथा अन्य कुहिने र नकुहिने फोहरजन्य पदार्थ जलाइएको हो ।
भूमि सुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख प्रेमबहादुर दौल्यालले एक महिना अगाडि फोहरमैला उठाउने कार्ड बनाए पनि नगरपालिकाले फोहर नउठाउदा समस्या भएको बताउनुभयो ।



