कैलाली हस्पिटलका प्रवन्ध निर्देशक जोशी राष्ट्रिय स्वास्थ्य सेवाबाट सम्मानित

भर्खरै

धनगढी, ३० कात्तिक/कैलाली हस्पिटल प्रा.लि. का प्रवन्ध निर्देशक जनकराज जोशी राष्ट्रिय स्वास्थ्य सेवा सम्मान–२०८२ बाट सम्मानित भएका छन् । विगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ वरिष्ठ स्वास्थ्य सेवामुलक औषधी, मेडिकल व्यवसायी तथा समाजसेवीका रुपमा निरन्तरण सक्रिय रहँदै आएको भन्दै तिलक फिल्म्सले जोशीलाई सम्मानित सम्मानित गरेको अध्यक्ष दिपक जोशीले बताए । स्वास्थ्य क्षेत्रमा उल्लेखनिय उच्च योगदानको कदर गर्दै तिलक फिल्मस् प्रा.लि.ले आफ्नो नवौं वार्षिकोत्सवको अवसर पारेर कैलाली हस्पिटलका प्रवन्ध निर्देशक जोशीलाई सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथी गणतान्त्रिक नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झा रहनुभएको थियो ।