कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा पुनः कुबेरबहादुर शाही

भर्खरै

धनगढी, २९ कात्तिक/कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा कुबेरबहादुर शाही पुनः निर्वाचित भएका छन । संघको १३ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट शाही पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
आज धनगढीमा सम्पन्न भएको अधिवेशनबाट संघको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द, उपाध्यक्षमा बलबहादुर खड्का र जयप्रकाश चौधरी चयन भएका छन्। महा–सचिवमा धर्मराज जोशी, सचिवमा गणेश जोशी र कोषाध्यक्षमा सर्वण चौधरी निर्वाचित भएका छन ।
सदस्यमा प्रन्जल गुप्ता, सुरेन्द्र प्रसाद जोशी, चक्र सोडारी, डम्बर प्रसाद जैसी, यज्ञराज जोशी, शङ्कर साउद, जय कुँवर र बिरेन्द्र बोगटी चयन भएका छन । यसअघि कुबेरबहादुर शाहीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन समारोहका प्रमुख अतिथी पुष्करराज ओझा रहेका थिए ।