धनगढी, २४ कात्तिक/दार्चुलामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा सदरमुकाम खलङ्गा लगायतका ठाउँहरूमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्सिनाका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वर आसपासको डाँडालाई केन्द्रविन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्प सानो भएकाले कुनै किसिमको क्षति र्पुयाउन नसक्ने उहाँले बताउनुभयो । भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकाम खलङ्गाबाट ७२ किलोमिटर दक्षिणमा पर्दछ ।
सुदूरपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिका–४, कोटागढी बजारमा सडक अवरुद्ध । तरकारी बोकेको जीपले ठक्कर दिदा हिजो बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का ५५ वर्षीय शंकर डगौराको मृत्यु भएपछि आफन्तले केही बेर सडक अवरुद्ध गरेका हुन् ।



