धनगढीमा ‘राइजिङ स्टार प्रिमियर लिग’ हुने

भर्खरै

धनगढी, २१ कात्तिक/धनगढीमा ‘राइजिङ स्टार प्रिमियर लिग’ अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ । शिक्षा र खेलकुदको सन्तुलित विकासका लागि विद्यार्थीहरुमा खेल भावना र प्रतिभा विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता मंसिर १८ गतेदेखि धनगढीस्थित कृष्ण सामुदायिक वन उपभोक्ता समितिको खेल मैदानमा हुने आयोजक राइजिङ्ग स्टार इङ्गिलस बोर्डिङ्ग स्कूलका प्रवधन्ध निर्देशक कलेन्द्र शाहीले बताए । प्रतियोगितामा कैलाली जिल्ला भरका कक्षा ८ सम्म संचालित विद्यालयहरुमा अध्ययनरत विद्यालयका छात्रहरुको सहभागिता रहने प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बताए ।
प्रतियोगितामा बिजेताले नगद ५० हजार, मेडमल, ट्रफी र प्रमाणपत्र, उप–विजेतालाई नगद २५ हजार, मेडमल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ५ हजारसहित मेडल र प्रमाणपत्र पाउने छन् भने उत्कृष्ट खेलाडी ब्याटर बलरले २÷२ हजार, प्रतियोगिताको उदयमान खेलाडीले २ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले आकर्षक ट्रफी पाउने छ । प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयहरुले एक साताभित्र ८ हजार रुपैयाँसहित टिम दर्ता गर्न आयोजकले आग्रह गरेको छ ।