जाडोमा घाम ताप्दै, गर्मीमा रुखको छहारीको प्राकृतिक वातावरणको आनन्द लिन सकिने ‘नेचुरा रिसोर्ट’ सञ्चालनमा

भर्खरै

धनगढी, २१ कात्तिक/धनगढीमा नेचुरा रिसोर्ट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३, गुरुद्धारा मार्गमा रिसोर्ट सञ्चालनमा आएको हो । धनगढीका मदन भट्टले १० करोड लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । यसअघि चिकेन स्टेनसन सञ्चालनमा ल्याएका भट्टले धनगढीमा स्तरीय रेस्टुरेन्ट र आवासीय सुविधान दिन रिसोर्ट सञ्चालनमा ल्याएको बताए । कर्पोरेट क्षेत्रका अतिथिहरुलाई मध्यनजर गर्दै रेस्टुरेन्ट, सम्मेलन हलसहित सुविधानसहितको १७ कोठा भएको रिसोर्ट सञ्चालनमा ल्याएको भट्टले बताए ।


प्राकृतिक वातावरण भएको रिसोर्टमा ८ वटा सुपर डिलक्स कोठा र ७ वटा डिलक्स कोठा रहेको भट्टको भनाई छ । ‘रिसोर्टमा रेस्टुरेन्ट र लज फरक भवनमा छ’ भट्टले भने, ‘३ करोड जग्गा र ७ करोड संरचना बनाउन खर्च भएको छ ।’
‘रिसोर्ट परिसरमा प्रयाप्त पार्किङको व्यवस्था, पानीको फोहरा, कृत्रिम झरनासहित विभिन्न प्रजातिका विरुवा रोपेर हरियाली बनाइएको छ’ भट्टले भने, ‘जाडो मौसममा घाम ताप्दै र गर्मी मौसमा रुखको छहारीमा बसेर प्राकृतिक वातावरणको आनन्द लिने गरी रिसोर्टको संरचना तयार गरिएको छ ।’
रिसोर्टको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझा र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवराज पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।