धनगढी, २० कात्तिक/सुदूरपश्चिममा ६ हजार बढी मतदाता थपिएका छन् । फागुन २१ गतेका लागि निर्वाचन तोकिएपछि प्रदेशमा ६ हजार २१२ मतदाता थपिएका हुन् । असोज १० गतेदेखि कात्तिक १७ सम्म प्रदेशमा ४ हजार ८३ पुरुष, २ हजार १२७ महिला र २ अन्य मतदाता थपिएका हुन्
सबैभन्दा बढी कैलालीमा एक हजार ८४८ र सबैभन्दा कम डडेल्धुरा तथा डोटीमा समान १९१/१९१ मतदाता थपिएका छन् । कञ्चनपुरमा एक हजार ५९३, अछाममा ६२५, बझाङमा ५४२, बैतडीमा ४४८ र बाजुरामा ३४३ नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।



