श्रोत नखुलेको २८ लाख बढी नेपाली रुपैयाँसहित २ भारतीय नागरिक धनगढीबाट पक्राउ

भर्खरै

धनगढी, १७ कात्तिक/कैलाली प्रहरीले श्रोत नखुलेको २८ लाख बढी नेपाली रुपैयाँसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ
जिल्लाको धनगढी उपमहानगरपालिका–३, मिलन चोकबाट श्रोत नखुलेको २८ लाख ३५० नेपाली रुपैयाँसहित भारत लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरिचत गुप्ताले चलाएको यूपी ३१ सिएन ११७५ नम्बरको कार र सो मा सवार सोही ठाउँ बस्ने २९ वर्षीय सागर गुप्तालाई चेकजाँच गर्दा निजहरुको साथबाट सो रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नेपाली रुपैयाँ र कार बरामद गरी निजहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।