सुदूरपश्चिमका ३ सीडीओको जिम्मेवारी हेरफेर : कैलालीमा रेग्मी र अछाममा कोइरालालाई जिम्मेवारी

भर्खरै

धनगढी, १० कात्तिक/सुदूरपश्चिम प्रदेशका ३ प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी हेरफेर गरिएको छ । आइतबार गृह मन्त्रालयले २५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्दा सुदूरपश्चिमको कैलाली, अछाम र डडेल्धुराको सीडीओको समेत जिम्मेवारी हेरफेर गरेको हो ।
कैलालीका कृष्ण प्रसाद लम्साललाई पश्चिम नवलपरासीको सीडीओमा सरुवा गरिएको छ । उनको ठाउँमा नवलपरासी बर्दाघाट सुस्ता पश्चिमबाट हिरालाल रेग्मीलाई पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका सीडीओ आनन्द सारुलाई गुल्मी सरुवा गरिएको छ । उनको ठाउँमा त्यहाँका सीडीओ बिष्णु प्रसाद कोइरालाई अछाम पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सीडीओ जनार्दन गौतमको कपिलवस्तु सरुवा गरिएको छ । उनको स्थानमा कसैलाई पनि पठाइएको छैन ।