धनगढी, ३ कात्तिक/लामो समयदेखि सञ्चालनमा रहेको संजीवनी मोबाइल अब आफ्नै सुविधा सम्पन्न भव्य शो रुमबाट सेवा दिन सुरु गरेको छ । लक्ष्मी पूजाको दिनको अवसर पारेर धनगढी बसपार्क निकासद्धारस्थित आफ्नै सुविधा सम्पन्न भव्य शो रुममार्फत सेवा दिन थालेको हो ।
वरिष्ठ योग गुरु लवदेव मिश्रले शो रुमको उद्घाटन गरे । सञ्चालक सुभाष बमले स्वागत एवं संजीवनी मोबाइलबारे जानकारी गराईएको उद्घाटन समारोहमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाले शुभकामना मन्तव्य गरेका थिए ।
उद्घाटन समारोहमा लामो समयदेखि संजीवनी मोवाइलमा कार्यरत कर्मचारी र घर निर्माण गर्ने मिस्त्रीलाई सम्मान गरिएको थियो । ‘व्यापार पनि व्यवहार पनि’ मुख्य ध्येय राखेर सञ्चालन भइरहेको संजीवनी मोबाइलले ढुक्क भएर सामान खरिद गर्न सञ्चालकले आग्रह गरे । संरक्षक नर बहादुर बमको विशेष उपस्थितीमा उद्घाटन समारोह भएको थियो ।



