कैलालीमा देउसी, भैलो बढीमा रातीको ९ बजेसम्म मात्र

भर्खरै

धनगढी, ३ कात्तिक/कैलालीमा देउसी, भैलो, नाचगान लगायतका कार्यक्रमहरु बढीमा रातीको ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै देउसी, भैलो, नाचगान लगायतका कार्यक्रमहरु बढीमा ९ बजेसम्म मात्र खेल्न पाइने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै देउसी, भैलो, नाचगान लगायतका कार्यक्रमहरु बढीमा ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने, देउसी भैलीमा दक्षिणाको लागि रकम तोकी दक्षिणा दिन दवाव नदिने र देउसी भैलो लगायतका कुनै पनि कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरु नगर्ने÷नगराउने भनिएको छ ।
सूचनामा पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवं विष्फोटक पदार्थ उत्पादन, ओसारपसार विक्री वितरण र प्रयोगमा बन्देज लगाइएको छ भने मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला झैझगडा वा अन्य शान्ति सुरक्षामा असर पर्ने खालको कुनै पनि गतिविधि नगर्न भनिएको छ ।