पाण्डेयले सम्हाले वडा प्रहरी कार्यालय धनगढीको कमाण्ड

भर्खरै

धनगढी, २९ असोज/वडा प्रहरी कार्यालय धनगढीको इञ्चार्जको जिम्मेवारी प्रहरी निरीक्षक बलराम पाण्डेयले सम्हालेका छन । प्रहरी महानिरीक्षकको असोज २८ गतेको निर्णयअनुसार पाण्डेयको वडा प्रहरी कार्यालय धनगढीमा काज सरुवा भएको हो ।
उनको यसअघि जिल्ला प्रहरी कार्यालय बैतडीबाट नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय नवलपरासीमा सरुवा भएको थियो। तर, उनलाई काजमा वडा प्रहरी कार्यालय धनगढीमा खटाइएको हो । यसअघि वडा प्रहरी कार्यालय धनगढीका इञ्चार्ज प्रहरी निरीक्षक योगेश खत्रीको काज सरुवा भएको थियो ।