विनोद थापा
काठमाण्डौ, २७ असोज/पाचौँ इन्टर स्कुल रोल बल र स्केटिङ्ग रेस च्याम्पियनसीप तथा छैठौँ नेशनल रोल बल लिग २०२५ उत्कृष्ट प्रतिस्पर्धासहित सम्पन्न भएको छ । नेपाल रोल बल संघद्वारा आयोजित विभिन्न विद्यालयको सहभागितामा फरक फरक उमेर समूहका खेलाडिहरुले उत्कृष्ट प्रदर्शन गरे ।
खेलकुदमार्फत बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पु-याउने उद्देश्यका साथ सम्पन्न प्रतियोगितामा पाचौँ इन्टर स्कुल स्केटिङ्ग रेस च्याम्पियनसीप अन्डर ६ बालिकातर्फ रुपीज स्कुलकी मान्या राठी प्रथम, मिल्सबेरी स्कुलकी दिव्यांशी सिलवाल दृतिय, मिल्सबेरी स्कुलकै जिग्यासा बुढा तृतिय भइन् । बालकतर्फ श्री शिव नरसिंह शिक्षालयका अद्धैत एम. खरेल प्रथम र सार्थक शाही दृतिय तथा मिल्सबेरी स्कुलका आरश झा तृतिय भए ।
६ देखि ८ वर्ष उमेर समूहका बालिकातर्फ ज्ञान संस्कार इन्टरनेशनल स्कुलका कास्भी भट्टराई प्रथम र प्रशम्सा ठकुरी दृतिय तथा श्री शि नरसिंह शिक्षालयकी नाइरा गौतम तृतिय भए ।
बालकतर्फ ज्ञान संस्कार इन्टरनेशनल स्कुलका रहिस खड्का प्रथम, श्री शिव नरसिंह शिक्षालयका शास्वत राज बिडारी दृतिय तथा मिल्सबेरी स्कुलका आवास गौतम तृतिय भए ।
८ देखि १० वर्ष उमेर समूहका बालिकातर्फ नामी स्कुलका आरोही अर्याल प्रथम, क्यापिटल सिटी एकेडेमीका अद्रिका नकर्मी दृतिय तथा नुमिङ्ग माबो तृतिय भए ।
१० देखि १२ वर्ष उमेर समूहका बालिकातर्फ श्री शिव नरसिहं शिक्षालयका आशिया तामाङ प्रथम र समृद्धि तामाङ दृतिय भए भने क्यापिटल सिटी एकेडेमीका सजन गुरुङ तृतिय भए ।
यस्तै, १० देखि १२ वर्ष उमेर समूहका बालकतर्फ विल्सन एकेडेमीका नवदीप लामा प्रथम र सौजन न्यौपाने दृतिय भए भने स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका रियान श्रेष्ठ तृतिय भए ।
१२ देखि १४ वर्ष उमेर समूहका बालिकातर्फ स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलकी नमिसा श्रेष्ठ प्रथम र आरोही गुरुङ दृतिय भए भने रिब्स स्कुलकी आश्विना महर्जन तृतिय भए ।
१२ देखि १४ वर्ष उमेर समूहका बालकतर्फ जेभियर इन्टरनेशनल स्कुल श्रीवत्स श्रेष्ठ प्रथम, स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका गौरव सापकोटा दृतिय तथा श्री शिव नरसिंह शिक्षालयका आरव अग्रवाल तृतिय भए ।
१४ देखि १६ वर्ष उमेर समूहका बालिकातर्फ रिब्स स्कुलका शालोमी केसी प्रथम, स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलकी इसानी श्रेष्ठ दृतिय र अनुप्रिया तण्डुकार तृतिय भए ।
यस्तै, १४ देखि १६ वर्ष उमेर समूहका बालकतर्फ रिब्स स्कुलका सुभम राउत प्रथम र दिक्षान्त चौधरी दृतिय भए ।
स्केटिङ्ग रेस अन्तर्गत २ स्वर्ण, ४ रजत र २ कास्य पदक सहित स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल च्याम्पियन हुन सफल भयो । दोस्रो स्थानमा श्री शिव नरसिहं शिक्षालय ९२ स्वर्ण, ३ रजत र २ कास्य पदक तथा तेस्रो स्थानमा रिब्स स्कुल ९२ स्वर्ण, १ रजत र १ कास्य पदक हात पार्न सफल भए ।

इन्टर स्कुल रोल बल च्याम्पियनसीप
पाचौँ इन्टर स्कुल रोल बल च्याम्पियनसीपमा छात्रातर्फ स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल र छात्र तर्फ ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुल विजयी भएका छन् । हालै सम्पन्न प्रतियोगिताको फाइनल खेलमा छात्रातर्फ स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलले क्यापिटल सिटी एकेडेमीलाई ३–१ गोल अन्तरले हराउदै उपाधी जित्न सफल भयो ।
स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलको जितका लागि अनुप्रिया तण्डुकारले २ गोल तथा नमिसा श्रेष्ठले १ गोल गरेका थिए । सो खेलमा स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका अनुप्रिया तण्डुकार प्लेयर अफ द म्याच चुनिए ।
छात्रतर्फको फाइनल खेलमा ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलले चेल्सी वल्र्ड स्कुललाई २–१ गोल अन्तरले हराउदै उपाधी जित्न सफल भयो । ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलको जितका लागी सुमित ठाकुरले २ गोल गरेका थिए भने चेल्सी वल्र्ड स्कुलको एक मात्र गोल आर्यस लामाले गरे । ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुललाई जित दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने सुमित ठाकुर प्लेयर अफ द म्याच चुनिए ।
प्रतियोगितामा छात्रातर्फ उत्कृष्ट गोलरक्षक स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका आरोही गुरुङ, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडि स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका अनुप्रिया तण्डुकार घोषित भए र छात्र तर्फ उत्कृष्ट गोलरक्षक ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलका सुसन क्षेत्री, सर्वाधिक गोलकर्ता ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलका सुमित ठाकुर तथा उत्कृष्ट खेलाडि ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलका आरभ तण्डुकार घोषित भए ।

नेशनल रोल बल लिग
छैठौँ नेशनल रोल बल लिग २०२५ अन्तर्गत दुवै महिला तथा पुरुप विधामा स्केटिङ्गहब विजयी भए । महिलातर्फको खेलमा स्केटिङ्गहबले फिटवेल लाई १–० को सामान्य अन्तरले हरायो । स्केटिङ्गहबका लागि एक मात्र गोल कप्तान योगिना श्रेष्ठले गरेका थिए भने स्केटिङ्गहबका गोलरक्षक आशिया तामाङ प्लेयर अफ द म्याच चुनिए ।
पुरुषतर्फको खेलमा स्केटिङ्गहबले फिटवेल लाई ५–० को फराकिलो अन्तरले हरायो । स्केटिङ्गहबका लागि सौहार्द श्रेष्ठ र इमोन यादबले दुई–दुई गोल र उज्वल महर्जनले एक गोल गरेका थिए भने स्केटिङ्गहबका गोलरक्षक अभिषेक मानन्धर प्लेयर अफ द म्याच चुनिए । प्रतियोगितामा महिला तर्फ उत्कृष्ट गोलरक्षक स्केटिङ्गहबका आशिया तामाङ, सर्वाधिक गोलकर्ता फिटवेल श्रिजना भण्डारी तथा उत्कृष्ट खेलाडि स्केटिङ्गहबका योगिना श्रेष्ठ घोषित भए र पुरुष तर्फ उत्कृष्ट गोलरक्षक स्केटिङ्गहबका अभिषेक मानन्धर, सर्वाधिक गोलकर्ता स्केटिङ्गहबका इमोन यादब तथा उत्कृष्ट खेलाडि स्केटिङ्गहबका सौहार्द श्रेष्ठ घोषित भए ।



