प्रहरी उपरीक्षक चन्द र (क) श्रेणीका ईप्रकाका प्रमुखबिच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर

भर्खरै

धनगढी, ५ असोज/कैलाली प्रहरी प्रमुख र मातहत ईलाका प्रहरी कार्यालय (क) श्रेणीका प्रमुख बिच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा आयोजित एक कार्यक्रमका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द र ईलाका प्रहरी कार्यालय टीकापुर, सुखड, मालाखेती, भजनी, लम्की, चिसापानी, सडकपुर बौनिया र फल्टुडेका प्रहरी प्रमुखबिच आ.व. २०८२/०८३ का लागि वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।


बार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा ईलाका प्रहरी कार्याल्य (क) श्रेणीका प्रमुखहरूले उपलब्धिमूलक प्रहरी सेवा प्रदान गर्नका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिमाणमुखी बनाउन सम्झौता पत्रमा हस्ताक्षर गर्नुका साथै तोकिएको लक्ष्य पुरा गर्ने प्रतिबद्धता जनाए ।


प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बार्षिक कार्यसम्पादन सम्झौता नेपाल प्रहरीको काम कारवाहीको मेरुदण्ड समेत रहेकोले सम्झौतालाई बिशेष प्राथमिकता दिई प्रहरीको सेवालाई चुस्त दुरुस्त बनाउन तथा आम नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुका साथै कार्यसम्पादन सम्झौता कार्यालय प्रमुखको कार्यसम्पादन मुल्यांकनको प्रमुख आधार समेत रहेकोले सम्झौता कार्यान्वयनमा आजै देखि सक्रिय भएर लाग्न निर्देशन दिनुभयो ।