नेपाल प्रहरीका ४१ डीएसपीको सरुवा, खनालको अछाम र धमला जिल्ला प्रहरी कार्यालय बझाङ

भर्खरै

धनगढी, २८ साउन/नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले मंगलबार ४१ जना डीएसपीहरूको सरुवा गरेका हुन् । ओम प्रकाश खनाललाई जिल्ला प्रहरी कार्यालय अछाममा सरूवा गरिएको छ । कृष्णराज ओझालाई घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरी,काठमडौँमा सरूवा गरिएको छ । त्यस्तै खगेन्द्र धमलालाई जिल्ला प्रहरी कार्यालय बझाङमा सरूवा गरिएको छ ।