धनगढी, २५ साउन/कञ्चनपुरमा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । बेपत्ताहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलिले खोजिकार्य गरिरहेको बोहराले बताए ।



