डेउडा प्रतिष्ठानको धनगढीमा खीर खाने कार्यक्रम

भर्खरै

धनगढी, १५ साउन/धनगढीमा खीर खाने दिन विशेष रुपमा मनाइएको छ । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यले डेउडा प्रतिष्ठान धनगढीले विविध साँस्कृतिक कार्यक्रमसहित खीर खाने दिन मनाएको हो ।
खीर खाएर साँस्कृतिक पहिचान झल्किने डेउडा खेलसहित खिर दिवस विशेष उत्सवका रुपमा मनाइएको आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक विकास समिति सभापति धर्मराज पाठक, योजना आयोगका सदस्य नृप सुनार एवं साहित्य क्षेत्रमा सक्रिय विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ को अध्यक्षतामा भएको कार्यक्रमको आयोजना डेउडा प्रतिष्ठान केन्द्रीय कार्यालय सुदूरपश्चिम साहित्य समाजको योग सभाहलमा भएको थियो ।