भोली धनगढीमा एक दिन बिदा

भर्खरै

धनगढी, १० साउन/भोली श्रावण ११ गते धनगढी उपमहानगरपालिकाले एक दिन बिदा दिएको छ । श्रावण शुक्ल तृतीयाका दिन राना थारु समुदायका महिलाले मनाउने तिज पर्वको उपलक्ष्यमा धनगढी उपमहानगरपालिकाले श्रावण ११ गते एक दिन स्थानीय सार्वजनिक विदा दिएको हो । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले एक सूचना जारी गर्दै धनगढी उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एवम् संघ संस्थाहरुलाई स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेका छन् ।