धनगढी, ९ साउन/गैर आवासिय नेपाली संघ (एनआरएन) पोल्याण्ड (२०२५–२०२७) को आठौं राष्ट्रिय अधिवेशनमा बैतडीको सिगास गाउँपालिका स्थायी घर भइ हाल पोल्याण्डमा रहेका युवा व्यवसायी नरेन्द्र धामीले सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएन पोल्याण्डको आठौं राष्ट्रिय अधिवेशनमा पोल्याण्डमा बस्ने सम्पूर्ण नेपाली समुदाय बिच भावनात्मक एकता, भातृत्व, भाइचाराको सम्बन्ध स्थापित गर्न सन् २०२५ देखि २०२७ कार्यकालका लागि सदस्य खुला पदमा उम्मेदावरी दिएको युवा व्यवसायी धामीले बताए ।
नेपालीका लागि नेपाली भन्ने मूल सन्देशका साथ पोल्याण्डमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा आफूलाई विजयी गराइ सहयोग गर्न धामीले अपिल गरेका छन् । कार्यसमिति चयनका लागि जुलाई २६ तारिखमा निर्वाचन हुँदैछ ।



