सर्पले डसेर घाइते बुढाको उपचारको क्रममा मृत्यु

भर्खरै

धनगढी, १६ असार/कैलालीमा सर्पले डसेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको गोदावरी नगरपालिका–१२, ओलानीका ४३ वर्षीय रामबहादुर बुढा रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।
आफ्नै घर अगाडी पहिचान नखुलेको सर्पले दाहिने खुट्टामा डसेर घाइते भएका बुढाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जोशीले बताए ।