धनगढी, १६ असार/धनगढीमा चट्याङ्ग लागेर एक जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरका ६६ वर्षीय गुलिया देवि चौधरी चट्याङ्ग लागेर घाइते भएका हुन ।
घरदेखि एक सय मिटर टाढा खेतमा धानको बिउँ निकाल्ने क्रममा चट्याङ्ग लागेर उनको दाहिने खुट्टा, हात र ढाडमा चोट लागेको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जोशीले बताउनुभयो ।



