खेलकुद महासंघ सुदूरपश्चिमको अध्यक्षमा पुनः प्रकाश चन्द

भर्खरै

धनगढी, २९ जेष्ठ/नेपाल खेलकुद महासंघ सुदूरपश्चि प्रदेशको अध्यक्षमा प्रकाश कुमार चन्द अध्यक्षमा निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न महासघंको दोश्रो अधिवेशनबाट चन्द पुनः सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
चन्दको अध्यक्षतामा ३८ सदस्यीय महासघंको प्रदेश कमिटी सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा हिक्मत रावल र प्रकाश बिक चयन भएका छन् । सचिवमा कोपिला सिंह, उप–सचिवमा घनश्याम डाँगी र अमित रोकाया तथा कोषाध्यक्षमा दुर्गा शर्मा भण्डारी सर्र्वसम्मत चयन भएका छन् ।
सदस्यहरुमा यज्ञराज बिनाडी, उपेन्द्र बहादुर शाही, कृष्णा सिराडी, योगेन्द्र बहादुर साउँद, लोकेन्द्र बहादुर साउँद, कृष्णा कुमारी बिष्ट, तिलक कुमार मौनी, हेमकृष्ण रञ्जितकार, गणेश बहादुर कुँवर, टेक बहादुर थापा, मिना कुमारी जोशी, भरत महत, बिष्णु थापा, राकेश थापा, राज बहादुर कार्की, लक्ष्मी चन्द, नमराज धामी, दिपेन्द्र भण्डारी, हर्क बहादुर दौल्याल, सन्तोस खड्का, आशिस रोकाया, सुवास चन्द, योगेश जोशी, बिरेन्द्र बिष्ट, तपेन्द्र खड्का, नरेश सिहं, हेमन्त मिश्र, महेश बिष्ट, कृष्ण ओली, अशोक कुमार बोहरा र जेनिशा ओझा चयन भएका छन् ।