धनगढी, २३ जेष्ठ/शुक्रबार थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका अनुसार गौरीफन्टा नाकामा गरिएको एन्टीजेन परीक्षणबाट ५ जनामा कोभिड संक्रमण पुष्टी भएको हो । योसंगै सुुदूरपश्चिममा कोभिड संक्रमितको संख्या ९ पुगेको हो ।



