‘इनिस्पेक्टर’हुँ भन्दै ठग्ने पक्राउ

भर्खरै

भक्तपुर, ८ जेष्ठ/‘प्रहरी इन्सपेक्टर हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एक जना पक्राउ परेका छन् । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।