धनगढी, २६ बैशाख/सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका सुरक्षा निकायका प्रमुखहरुसँग प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था लगायत विविध विषयमा छलफल गर्नुभएको छ । शुुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको शान्ति, सुरक्षा सम्बन्धी समसमायिक विषयमा सुरक्षा निकायका प्रमुखसंग छलफल गर्नुभएको हो ।
छलफलमा लागुऔषध नियन्त्रण, सीमामा हुने आपारिधिक क्रियाकलाप नियन्त्रणका र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल भएको थियो । मुख्यमन्त्री शाहले सीमा क्षेत्रमा बढाइएको सुरक्षा निगरानीका विषयमा समेत छलफल गर्नुभएको हो ।



