सशस्त्र प्रहरी निरीक्षक किसन सिंह टेरले गरे ५० औं पटक रक्तदान

भर्खरै

धनगढी, २६ वैशाख/सशस्त्र प्रहरी निरीक्षक किसन सिंह टेरले ५० औं पटक रक्तदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे. क्वा. रुपन्देहीको १८ औं स्थापना दिवसको अवसरमा आयोजित आँखा शिविर तथा रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक किसन सिंहले ५० औं पटक रक्तदान गरेका हुन् । सामाजिक कार्यमा समेत सक्रिय सशस्त्र प्रहरी निरीक्षक टेर धनगढी निवासी हुन् ।