धनगढी, १३ वैशाख/शिवपुरी उत्तररामेश्वरम् ज्योतिलिङ्ग नारी जागरण समूहको अध्यक्षमा गीता मल्ल चयन भएकी छिन् । धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीमा शिवपुरी उत्तररामेश्वरम् ज्योतिलिङ्ग नारी जागरण समूहको आठौं धार्मिक साधारण सभाबाट मल्लको अध्यक्षतामा १७ सदस्यीय समिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा बालिका कुँवर, उपाध्यक्षमा रेनुका भण्डारी खड्का, महा–सचिव सरिता कठायत, सचिव सरस्वती चैसिर, कोषाध्यक्षमा केसरीकुमारी मिश्र चयन भएका छन्।
सदस्यहरूमा सिर्जना भट्ट, दीपा मल्ल, निर्मला जोशी, पशुपति खड्का, कविता जोशी, सावित्री कार्की, नारु रावल, पार्वती चटौत, सरस्वती जप्रेल, सुशीला भट्ट र यमुना भट्ट चुुनिएका छन्।

यस्तै, सल्लाहकारमा माया भण्डारी, यशोदा भण्डारी, सीता खड्का, सरिता मल्ल, कलावती भट्ट र रमा सेठी चयन भएका छन्।
साधारण सभाको उद्घाट समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री प्रकाश देउवा र विशिष्ट अतिथिमा वडाध्यक्ष बुद्धिबहादुर खड्का रहेका थिए। शिवपुरी धामका निवर्तमान अध्यक्ष बल्देव भट्ट, अध्यक्ष मदन कुँवरको समेत उपस्थिति रहेको थियो।



