उत्तर प्रदेशका राज्यमन्त्री मिश्रालाई उद्योग वाणिज्य संघको स्वागत

भर्खरै

धनगढी, ६ चैत/कैलाली उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गर्दै माननीय गिरीश चंद्र मिश्रा दर्जा प्राप्त राज्यमन्त्री, उत्तर प्रदेश राज्य ललित कला अकादमीका उपाध्यक्षलाई स्वागत एवम् सम्मान गरेको छ । संघको सभा हलमा एक कार्यक्रमको आयोजना गर्दै संघले मिश्रालाई स्वागत गरेको हो । अध्यक्ष पुष्प कुँवरको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । यस अघि संघले त्रिनगर भन्सार पुगेर मिश्रालाई स्वागत गरेको थियो ।