उत्तर प्रदेशका राज्यमन्त्री मिश्रा र पूर्वमन्त्री देउवाबिच भेट

भर्खरै

धनगढी, ६ चैत/माननीय गिरीश चंद्र मिश्रा दर्जा प्राप्त राज्यमन्त्री, उत्तर प्रदेश राज्य ललित कला अकादमीका उपाध्यक्ष र सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रकाश देउवाबिच भेटवार्ता भएको छ । पूर्वमन्त्री देउवा र राज्यमन्त्री मिश्राबिच देउवा निवास धनगढीमा भेटवार्ता भएको हो । भेटवार्तामा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री प्रकाश देउवाले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आग्रह गर्नुभयो । देउवाले देव भूमी, कला र संस्कृतिको धनी सुदूरपश्चिमको महत्वबारे राज्यमन्त्री मिश्रालाई जानकारी गराउनुभयो । राज्यमन्त्री मिश्राले देवभूमी सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन र यहाँको कला संस्कृतिको तारिफ गर्नुभयो । उहाँले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । मिश्राले पर्यटकीय स्थल गोदावरीको भ्रमण समेत गर्नुभएको थियो । नेपाल पर्यटन पत्रकार संघ कैलालीका अध्यक्ष भिम चौधरीले मिश्रालाई गोदावरी धामको भ्रमण गराउनुभएको थियो ।