नक्कली नोटसहित चार जना पक्राउ

भर्खरै

दाङ, कार्तिक ३० । तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तुल्सीपुर उपमहानगरपालिका(१० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका–८ बस्ने १७ वर्षीय किशोर, सोही
उपमहानगरपालिका–९ दोघरे बस्ने १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका–४ घर भई तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।